१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४३ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ८९ अङ्कले घटेर दुई हजार ५१३ दशमलव ४२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६८ अङ्कले घटेर ४४४ दशमलव ४३ मा पुगेको छ । फ्लोट सूचक तीन दशमलव शून्य दुई अङ्कले घटेर १७२ दशमलव २४ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ४१ अङ्कले घटेर एक सय ४९ दशमलव ७७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता सेयर रु तीन अर्ब ६४ करोड ८६ लाख नौ हजार ८७८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढेको, २५३ कम्पनीको सेयर घटेको र चार कम्पनीको सेयर स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज उपकार लघुवित्त, घोराही सिमेन्ट एनआइसी एसिया डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने मैलुङ खोला जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर एमबिएल इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् । –