३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

युके ब्रेक्सिट मन्त्रीले राजीनामा दिए



अ+ अ-

लन्डन । प्रधानमन्त्री बोरिस जोनसनको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले शनिबार राति राजीनामा दिएका छन् र  यो सँगै यसै हप्ता आफ्नै सांसद र मतदाताहरूबाट विद्रोहको सामना गरेको सरकार भित्र थप असमझदारी देखिएको छ ।

ब्रेक्सिट मन्त्री डेभिड फ्रस्टले जोनसनलाई लेखेको पत्रमा एक पत्रिकाले अर्को महिना पद छाड्ने योजना बनाएको खबर दिएपछि आफूले तुरुन्तै राजीनामा दिएको बताए।

फ्रस्टले भने कि इयु छोड्ने प्रक्रिया दीर्घकालीन काम हुनेछ। 'त्यसैले हामी यस महिनाको शुरुमा जनवरीमा अगाडि बढ्ने र इयुसँगको हाम्रो भविष्यको सम्बन्धलाई व्यवस्थित गर्न अरूलाई डण्डा सुम्पने कुरामा सहमत भयौं,' उनले आफ्नो राजीनामा पत्रमा भनेका छन्।

उनले जोनसनको नीतिहरूप्रति बढ्दो मोहभंगको कारण राजीनामा दिएका हुन्। अखबारका अनुसार फ्रोस्टको निर्णय गत हप्ताको नयाँ महामारी प्रतिबन्धको  चर्चाबाट शुरु भएको थियो जसमा मानिसहरूले खोपको प्रमाण वा नाइटक्लबहरू र अन्य भीडभाड स्थानहरूमा प्रवेश गर्न कोरोनाभाइरस परीक्षणको नेगेटिभ प्रमाण अनिवार्य गरिएको थियो । (रासस-एपी)