८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसान आन्दोलित (तस्बिरसहित)



अ+ अ-

काठमाडाैँ । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन् ।
भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण्मा तथा ठगी अन्त्य गर्न माग गर्दै देशभरका कुखुरापालक किसानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत, जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरुको माग छ । सरकारले भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी नियन्त्रण गर्न नसक्दा आफूहरुले न्युनतम बजार मूल्य समेत पाउन नसकेको एक कुखुरापालक किसानले गुनासो गर्नुभयो ।

सरकारले तस्करी पूर्ण रुपमा नियन्त्रण गर्दै कुखुरा र चल्लाको न्यूनतम समर्थन मूल्य वृद्धि गर्नुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै मेहनत गरेर कुखुरा पालन गरेका हुन्छौँ । भारतबाट कुखुरा र चल्ला तस्करी भएर आउँदा हामीले न्युनतम समर्थन मूल्य पाइरहेका छैनौँ । सरकारले भारतबाट भइरहेको तस्करी नियन्त्रण गरेर कुखुरापालक किसानको न्यायको लागि मूल्य वृद्धि गरिदिनुपर्छ । सरकारले न्यूनतम् समर्थन मूल्य वृद्धि नगर्दा हामी लाखौँ कुखुरा किसानहरु अस्तव्यस्त भयौँ ।’

किसानका समस्या, गुनासो र सुझाव सुन्न छुट्टै आयोग वा सयन्त्र गठन गर्नुपर्ने, देशभरका किसानले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरापालक किसानको माग छ । –न्युज एजेन्सी नेपाल