काठमाडौं |भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण चर्चा कमाएको बहुप्रतीक्षित सिएरा ईभी नेपाली बजारमा आधिकारिक रूपमा भित्रिएको छ।
नेपालमा पहिलोपटक सार्वजनिक हुन लागेको सिएरा ईभीलाई आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा २०२६ सार्वजनिक गरिने भएको छ।
आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र आकर्षक डिजाइनको संयोजन रहेको सिएरा ईभीलाई नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ बेन्चमार्कका रूपमा प्रस्तुत गरिएको छ। भारतीय बजारमा बिक्री तथा बुकिङमा उल्लेखनीय सफलता हासिल गरेको कम्पनीको दाबी छ।
नेपाली सडकको अवस्था र आधुनिक चालकको आवश्यकता लक्षित गर्दै ल्याइएको सिएरा ईभीमा प्रिमियम राइडिङ अनुभव तथा उत्कृष्ट ड्राइभिङ डायनामिक्समा जोड दिइएको छ। दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैली यसका प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
नेपालको बढ्दो विद्युतीय सवारीसाधनमा सिएरा ईभी को प्रवेशले प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ। विशेषगरी प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा यसले नयाँ विकल्प थप्नेछ।

नाडा अटो शोमा सिएरा ईभी को स्टल अवलोकन गर्न र यसको डिजाइन, प्रविधि तथा फिचर्सबारे प्रत्यक्ष जानकारी लिन अटोप्रेमीहरूका लागि अवसर सिर्जना हुने भएको छ। आगामी अटो शोमा सिएरा ईभी को सार्वजनिक प्रदर्शनलाई नेपाली अटोमोबाइल बजारको महत्वपूर्ण आकर्षणका रूपमा हेरिएको छ।












