४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाड तयारीलाई टेनिस टोली भारत जाने



अ+ अ-

काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ ।

खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीले बैंगलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्ने छन् । टोली सेप्टेम्बर ८ तारिख स्वदेश फर्किने छ । २० औं एसियाडकै लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ ।