११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा

मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा
अ अ+ अ-

काठमाडाैँ ।राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले मुलुकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, सामाजिक विचलन र कृषि क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताउनुभएको हो । सांसद सापकोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विगत ८० वर्षदेखि नेताहरूले गरेको योगदानको स्मरण गर्नुभयो ।

उहाँले जननेता बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको लोकतान्त्रिक आन्दोलनमा रहेको भूमिकाको चर्चा गर्दै प्राप्त अधिकारको जगमा उभिएर वर्तमान समस्याहरूको समाधान खोज्नुपर्ने बताउनु भयो । सांसद सापकोटाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको र यसले सामाजिक तथा पारिवारिक सम्बन्धमा दरार ल्याएको उल्लेख गर्नुभयो । पश्चिमी संस्कृतिको अन्ध अनुकरणले नेपाली मौलिकता र संस्कार हराउँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले कृषकले भोग्नुपरेको बाँदर र अन्य जंगली जनावरको आतंक, बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तथा विद्युत आपूर्तिमा देखिएको अनियमितताप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यी समस्याहरूको समाधानका लागि योग, ध्यान र आध्यात्मिक चिन्तनलाई राज्यले नै प्राथमिकता दिनुपर्ने उहाँको प्रश्ताव छ । गुल्मीको रेसुङ्गा र सालिमे दहजस्ता ऐतिहासिक तपोभूमिलाई केवल पर्यटकीय स्थलमा सिमित नराखी आध्यात्मिक र अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म योग र ध्यानको वैज्ञानिक अभ्यास गराउन र सरकारी कर्मचारीहरूका लागि नियमित योग कक्षा सञ्चालन गर्न माग गर्नुभयो । यसैगरी, कर्मचारीको अवकाश नीति र वैदेशिक रोजगारीको विषयमा बोल्दै उहाँले ५५ वर्षमै कर्मचारीलाई अवकाश दिने नीतिले अनुभवी जनशक्ति खेर गइरहेको तर्क गर्नुभयो । –न्युज एजेन्सी नेपाल