२८ श्रावण २०८३, बिहीबार
,
Latest
सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा स्वदेश फर्किएलगत्तै देउवाले भने: शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ नागरिकलाई पर्याप्त खानेपानी उपलब्ध गराउन तीन तहको कार्ययोजना बनाउन निर्देशन स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको सुलभ मूल्य बिक्री कक्ष सञ्चालन



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको उद्घाटन गर्नुभएको छ।

सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य सामग्री तुलनात्मक रूपमा सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसर पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ।

बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धिका कारण उपभोक्तामाथि पर्ने आर्थिक भार कम गर्ने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। सरकारी स्वामित्वको कम्पनीमार्फत उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा आवश्यक खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य राखिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री यादवले उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

सिंहदरबारको केन्द्रमै बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयका कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत आवश्यक खाद्य सामग्री सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।

सरकारी निकायबाट सञ्चालन गरिएको उक्त बिक्री कक्षले बजारमा खाद्यवस्तुको मूल्य नियन्त्रण गर्न तथा उपभोक्तालाई राहत प्रदान गर्ने सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।




भर्खरै