१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास

परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुम्निमा उदासले नेपालको परराष्ट्र नीति कुनै दल वा व्यक्तिको स्वार्थभन्दा माथि उठेर सामूहिक राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति उदासले परराष्ट्र नीतिलाई समयसापेक्ष, संस्थागत रूपमा सक्षम र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकार र राजनीतिक नेतृत्व परिवर्तन भए पनि राष्ट्रिय हित दीर्घकालीन हुने भएकाले परराष्ट्र नीतिलाई स्थिर र साझा राष्ट्रिय दृष्टिकोणका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

सभापति उदासले नेपालले कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि तीनवटा मुख्य प्रश्नलाई राष्ट्रिय हितको मापदण्ड बनाउनुपर्ने प्रस्ताव गर्नुभयो । उहाँका अनुसार पहिलो, सम्बन्धित निर्णयले नेपालको सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततालाई कति मजबुत बनाउँछ भन्ने मूल्याङ्कन गर्नुपर्छ ।

दोस्रो, उक्त निर्णयले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसर सिर्जनामा कति योगदान पुर्‍याउँछ भन्ने हेर्नुपर्ने उहाँको भनाइ छ । तेस्रो, त्यस निर्णयले भावी पुस्तालाई कस्तो सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्न सहयोग गर्छ भन्ने पक्षलाई समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

“नेपालको परराष्ट्र नीतिलाई समयानुकूल, संस्थागत रूपमा सक्षम र परिणाममुखी बनाउनु आजको आवश्यकता हो । परराष्ट्र नीति कुनै दल, सरकार वा व्यक्तिको स्वार्थको विषय होइन, सम्पूर्ण नेपाली जनताको सामूहिक हितसँग जोडिएको राष्ट्रिय नीति हो,” सभापति उदासले भन्नुभयो ।

उहाँले सरकार र राजनीतिक नेतृत्व परिवर्तन हुन सक्ने तथा प्राथमिकतासमेत फेरिन सक्ने भए पनि नेपालको राष्ट्रिय हित दीर्घकालीन हुने बताउनुभयो । तीनवटै प्रश्नको उत्तरलाई नेपालको राष्ट्रिय हित मापन गर्ने आधार बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सभापति उदासले नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन स्पष्ट मार्गचित्र र राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताउनुभयो ।