११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

संसदीय अभ्यासलाई मर्यादित बनाउनुपर्नेछः सचेतक राई

संसदीय अभ्यासलाई मर्यादित बनाउनुपर्नेछः सचेतक राई
अ अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले वर्तमान राजनीतिक अभ्यासलाई थप मर्यादित र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै सचेतक राईले पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह नगरेको भन्दै राजनीतिक संस्कारमा सुधार ल्याउनुपर्ने बताउनु भयो ।

सचेतक राईले फरक पुस्ताका फरक राजनीतिक चुनौती हुने उल्लेख गर्दै वर्तमान पुस्ताले आफ्ना जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक उपलब्धिहरूलाई नागरिकको जीवनस्तरसँग जोड्नु नै अहिलेको साझा लक्ष्य र अवधारणा हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ संसदीय अभ्यासलाई अझै धेरै मर्यादित बनाउनुपर्ने अवस्था आएको छ । हिजैमात्रको एउटा घटनाले पनि त्यति राम्रो सन्देश हामीलाई दिएको छैन । त्यसले गर्दाखेरी हाम्रो यो हरेक पुस्ताको फरक राजनीतिकको राजनीतिक प्रश्नको सामना हामीले पनि गर्नुपर्नेछ । अघिल्लो पुस्ताहरुले लोकतन्त्रको लागि, राजनीतिक अधिकारको लागि संवैधानिक अन्य कुराहरुको लागि हिजो संघर्ष गर्दै आए तर आज हाम्रो पुस्ताले ती सबै उपलब्धिहरुलाई हामीले लगभग लगभग विरासत मै पाएको जस्तो पनि छौँ र हाम्रो पुस्ताले त्यो परिणामहरुलाई जनताको नागरिकको तपाईंको जीवनमा कसरी लान सकिन्छ भन्ने कुराको छ र त्यसका लागि हामी सबै एक ठाउँमा छौँ त्यो त साझा अवधारणा पनि हो जस्तो लाग्छ मलाई ।’

राजनीतिलाई जनमुखी र परिणाममुखी बनाउन सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ । उहाँले विगतका कमजोरीहरूबाट पाठ सिक्दै राजनीतिक मर्यादा कायम राख्न सबैलाई आग्रह समेत गर्नुभयो ।