११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

दशैं–तिहारका लागि इन्धन पर्याप्त हुन्छ, एलपीजी आपूर्तिमा दबाब भएपनि संकट आउँदैनः आयल निगम

दशैं–तिहारका लागि इन्धन पर्याप्त हुन्छ, एलपीजी आपूर्तिमा दबाब भएपनि संकट आउँदैनः आयल निगम
अ अ+ अ-

काठमाडाैँ । नेपाल आयल निगमले आगामी दशैं–तिहारलगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ । बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको पर्याप्त मौज्दात रहेकोले कुनै समस्या नआउने जानकारी दिनुभएको हो ।

औसतमा १३ देखि १४ दिनको स्टक कायम गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार निगमसँग हाल १ करोड ५० लाख लिटर पेट्रोल, ४ करोड ६० लाख लिटर डिजेल, १७ लाख लिटर मट्टितेल र ७० लाख लिटर हवाई इन्धन मौज्दात छ । पेट्रोलको दैनिक खपत करिब २० लाख लिटर रहेको उहाँले बताउनु भयो ।

एलपीजी ग्यासमा भने पछिल्लो समय केही दबाब देखिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालमा हाल ५८ वटा ब्राण्डका एलपीजी सिलिण्डर कारोबारमा छन् । धेरै ब्राण्ड र फरक–फरक सिलिण्डरका कारण आपूर्ति व्यवस्थापनमा समस्या आउने भएकाले दीर्घकालीन रूपमा ब्रान्ड मर्जरको योजना अघि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा एलपीजी आयातका लागि भारतका विभिन्न रिफाइनरी तथा डिपोमा निर्भर रहनुपर्छ ।

आयातको लागी नेपालसम्म एकतर्फी दूरी करिव १ हजार २०० किलोमिटर रहेको र दुईतर्फी ढुवानी दूरी करिब २ हजार ४०० किलोमिटर पुग्ने साहले बताउनुभयो । भारतबाट १ हजार २२५ सिलिण्डर बोकेको बुलेट नेपाल आइपुग्न करिब १० दिन लाग्ने उहाँको भनाइ छ । निगमले आवश्यकताअनुसार अग्रिम रूपमा ठूलो परिमाणमा ग्यास ल्याउने नीतिगत प्रयास गरेको पनि साहले बताउनुभयो । तर त्यस क्रममा खाली सिलिण्डरको मौज्दात थुप्रिएपछि अहिले एकैपटक माग बढ्दा आपूर्ति व्यवस्थापनमा दबाब परेको उहाँको भनाइ छ ।

साहले एलपीजी आयातमा समस्या नभएको दाबी गर्दै अन्तर्राष्ट्रिय रूपमा आपूर्ति अवरुद्ध हुने अवस्था नरहेमा आवश्यकता परे तत्कालै थप ग्यास ल्याउन सकिने बताउनु भयो । तर ढुवानी लागत र उपभोक्तामाथि पर्ने आर्थिक भारलाई ध्यानमा राखेर दीर्घकालीन रूपमा सन्तुलित आपूर्ति व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

चालु महिनामा खपत हुने अनुमानभन्दा बढी एलपीजी बजारमा पठाइएको उहाँको दाबी छ । उहाँले करिब ३४ लाख सिलिन्डर बजारमा पठाइसकिएको जानकारी दिनुभयो । एलपीजी अभावको गुनासो आएपछि निगमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्ट्यान्डबाइ वितरणको व्यवस्था गरेको जनाएको छ । टेकु, कालीमाटी र जडीबुटीलगायतका स्थानबाट आवश्यकताअनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको साहले बताउनु भयो ।

विशेष गरी वृद्ध, असहाय तथा सुत्केरीलाई ग्यास प्राप्त गर्न कठिनाइ भएमा घरमै डेलिभरीको व्यवस्था समेत गरिएको उहाँले बताउनु भयो । उहाँले स्थानीय प्रशासनसँगको समन्वयमा समेत ग्यास वितरण भइरहेको जानकारी दिनुभयो । साहले चाडपर्वका बेला उपभोक्तालाई अनावश्यक त्रासमा नपर्न आग्रह गर्दै निगमले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले राज्यका निकाय उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।