११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

सीमा सम्बन्धी विषयमा व्यावसायिक कम्पनीभन्दा राज्यको नीति प्रतिष्ठान जवाफदेही हुनुपर्छः मनिष झा

सीमा सम्बन्धी विषयमा व्यावसायिक कम्पनीभन्दा राज्यको नीति प्रतिष्ठान जवाफदेही हुनुपर्छः मनिष झा
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सीमाङ्कन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानका पाटो भएको स्पष्ट पार्नुभयो । सांसद झाले सीमाका सम्बन्धमा विगतमा नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको अध्ययन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनले औँल्याएका तथ्यहरूका बारेमा चर्चा गर्नुभयो ।

ईपीजी प्रतिवेदनले ६४ स्थानमा भारतीय र ४४ स्थानमा नेपाली पक्षको चासो वा प्रभाव रहेको देखाएको उल्लेख गर्दै उहाँले सीमा क्षेत्रमा ‘क्रस होल्डिङ’ र ‘क्रस युटिलाइजेसन’ को जटिलता रहेको बताउनु भयो । सांसद झाले ‘फ्याक्ट्स नेपाल’ जस्ता संस्थाहरू व्यावसायिक बजार अनुसन्धानमा केन्द्रित रहने उल्लेख गर्दै सीमा अतिक्रमण जस्ता गम्भीर विषयमा त्यस्ता संस्थालाई प्रश्न गर्नु सान्दर्भिक नहुने तर्क गर्नुभयो ।

महोत्तरीको मटिहानी बजारको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘त्यहाँको यथार्थ हेर्ने हो भने कतिपयको घर एकातर्फ र शौचालय अर्कोतर्फ रहेको अवस्था छ । यस प्रकारको सीमा व्यवस्थापनको व्याख्या प्रधानमन्त्रीले संसदमा गरिसकेपछि परराष्ट्र मन्त्रालयले समेत स्पष्ट पारिसकेको छ । फ्याक्ट्स नेपालले बजारमा कुन वस्तुको खपत कति छ भन्ने जस्ता व्यावसायिक तथ्याङ्क सङ्कलन गर्छ । सुस्ता अतिक्रमण जस्ता विषयमा व्याख्या गर्ने काम यसको होइन र हुनु पनि हुँदैन ।’

उहाँले सीमा विवाद र राष्ट्रिय नीतिसँग जोडिएका प्रश्नहरू राज्यकोषबाट सञ्चालित ‘नीति प्रतिष्ठान’ लाई सोध्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक अनुसन्धान कम्पनी र राज्यको नीति निर्माण गर्ने थिङ्क ट्याङ्कको भूमिकालाई फरक–फरक रूपमा बुझ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।