काठमाडौँ । आइतबार काँग्रेसले बाँके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएलगत्तै सदनको कारवाही सुरु भएको घोषण गर्ने वित्तिकै काँग्रेसका सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए ।
संसदमा प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुख महराले अर्को बैठक सोमबार ३ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे । यसअघि प्रतिनिधिसभाको पहिलो बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले विरोध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि काँग्रेस सांसदले विरोधलाई निरन्तरता दिएका थिए ।
बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाएका थिए । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको खाँडले निन्दा र भत्र्सना गरे ।