२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएसको प्रवेश परीक्षाको बाटो खुल्यो



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबिबिएसको प्रवेश परीक्षाको बाटो खुलेको छ। सर्वोच्च अदालतको आइतबार अन्तरिम आदेशपछि रोकिएको एमबिबिएस प्रवेश परीक्षाको बाटो खोलिदिएको हो।

यसअघि सवोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश दिँदै अदालतले प्रवेश परीक्षा गर्न रोक लगाएको थियो। भदौ २१ गतेका लागि तय भएको परीक्षा सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले रोक्दै सम्बन्धित सबैलाईलाई छलफलमा बोलाएको थियो। ‍

सो रिटमाथि आइतबारको बहसपछि अन्तरिम आदेशलाई निरन्त्ररता दिन नपर्ने आदेश दिएको हो। तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन्।

काठमाडौं विश्वविद्यालय, बिपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा समेत उनीहरूले तालाबन्दी गरेका छन्। आइओएमा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २१, २२ र २३ गते एमबिबिएसको प्रवेश परीक्षा तोकिएको थियो।