७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

ग्यासको अभाव छैन : निगम

ग्यासको अभाव छैन : निगम
अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

निगमका प्रवक्ताद्वारा आज जारी प्रेस विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । हाल दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा ग्यास अभाव भएको भन्ने समाचार तथा जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

निगमका अनुसार १४.२ केजीका सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको सूचनामा जनाइको छ । घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिन पनि बिक्रेतालाई आग्रह गरिएको छ

काठमाडौँ उपत्यकामा उच्च मागलाई मध्यनजर गर्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एलपी ग्यास, एसएच ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका १४.२ केजीका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

ग्यास प्राप्त गर्न समस्या भए निगमको हटलाइन नम्बर ०१–५९७१९०२ (कार्यालय समयभित्र) मा सम्पर्क गर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।

निगमले एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रहेको तथा आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ । हाल मासिक औसत करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने र मागअनुसार आपूर्ति भइरहेको उल्लेख गर्दै आकस्मिक माग वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस महिनाको आयात परिमाणसमेत बढाइएको जनाएको छ ।

निगमका अनुसार यही साउन १ देखि १८ गतेसम्म जम्मा ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको छ । यस अवधिको आयातले आपूर्तिमा कुनै समस्या नरहेको देखिएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न आग्रह गरिएको छ ।

निगमले काठमाडौँ उपत्यका बाहिर एलपी ग्याससम्बन्धी गुनासो वा जानकारीका लागि सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोका सम्पर्क अधिकारीमार्फत सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ । रासस