७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा

इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प

इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताउनुभएको छ ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो । ट्रम्पकाअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारको समर्थनमा इरानकै अनुरोधमा यो वार्ता प्रक्रिया अघि बढेको हो ।

उहाँले इरानलाई एउटा राम्रो सम्झौतामा हस्ताक्षर गर्नका लागि यो अन्तिम अवसर भएको चेतावनी समेत दिनुभयो ।

वार्ताको रणनीतिका बारेमा प्रष्ट पार्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी अहिले वार्ता गरिरहेका छौँ । यो वार्ता दुई चरणमा केन्द्रित हुनेछ । पहिलो चरणमा हर्मुज जलसन्धि लाई पूर्ण रूपमा खुला गर्ने विषयमा छलफल भइरहेको छ, जुन भोलिसम्ममा टुङ्गिने सम्भावना छ । दोस्रो चरणमा इरानको परमाणु निशस्त्रीकरणका बारेमा कुराकानी हुनेछ ।’

उहाँले इरानको परमाणु क्षमता अन्त्य हुनुपर्नेमा जोड दिँदै यो प्रक्रियाले केही समय लिने बताउनु भयो । यसअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी नेतृत्वको आलोचना गर्दै उनीहरूले ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाउनुभएको थियो । ट्रम्पकाअनुसार इरानले एकातर्फ वार्ताका लागि अनुनय गर्ने र अर्कोतर्फ सार्वजनिक रूपमा अमेरिकासँग कुनै संवाद नभएको भन्दै भ्रम फैलाउने गरेको छ ।

यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको कुरालाई अस्वीकार गर्नुभएको छ ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बाघेईले इरान हाल हर्मुज जलसन्धिका विषयमा ओमानसँग मात्र वार्तामा रहेको स्पष्ट पार्नुभयो ।
इरान र अमेरिकाबीचको सम्बन्धमा तनाव बढिरहेका बेला राष्ट्रपति ट्रम्पको यो पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल