१९ श्रावण २०८३, मंगलवार
,
Latest
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै ढल्यो ४०० वर्ष पुरानो भनिएको जुम्लाको देवदारको रुख राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व संकलन



फाइल फोटो
अ+ अ-

कर्णाली। जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।

त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको उहाँले बताउनुभयो । प्रहरीले दुई लाख ३१ हजार १३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

त्यसैगरी, ९५७ सवारी दुर्घटनामा हुँदा सुर्खेतमा ३७ जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको छ । यस्तै, यान्त्रिक, पैदलयात्री, सडक पूर्वाधार, मौसम र पशुचौपायका रहेको उहाँको भनाइ छ ।  रासस