१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी



अ+ अ-

काठमाडौँ।  प्यालेस्टिनी गाउँ टेल नजिकै भएको एक घातक घटनापछि इजरायली रक्षा बल (आईडीएफ) ले वेस्ट बैंकमा ‘वृहत’ सैन्य कारबाहीको तयारी भइरहेको जानकारी दिएको छ ।

आईडीएफले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘वृहत आतंकवाद विरोधी परिचालन’ का लागि तयारी भइरहेको जनाएको छ ।

पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सैनिकहरूको बिदा रद्ध गरिएको छ भने सम्बन्धित क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको सेनाले उल्लेख गरेको छ ।

इजरायली सेनाकाअनुसार प्यालेस्टिनीहरूले टेल गाउँ नजिकै इजरायली पदयात्रीहरूको एक समूहमाथि आक्रमण गरेका थिए । सो क्रममा आक्रमणकारीहरूले एक सुरक्षाकर्मीको हतियार खोसेर अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा एक इजरायलीको मृत्यु भएको सेनाले दाबी गरेको छ ।

यसैबीच, प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी ‘वाफा’ ले भने इजरायली बसोवासकर्ताहरूद्वारा गाउँमा गरिएको आक्रमणका क्रममा इजरायली सेनाको कारबाहीमा परी चार जना प्यालेस्टिनी मारिएको रिपोर्ट सार्वजनिक गरेको छ ।

मृतक इजरायली नागरिकको अन्त्येष्टिका क्रममा इजरायली र प्यालेस्टिनीहरूबीच हुनसक्ने सम्भावित झडप र तनावलाई रोक्न आईडीएफले सुरक्षा व्यवस्था थप कडा पारेको जनाएको छ ।

प्यालेस्टिनी सञ्चारमाध्यमहरूका अनुसार उक्त झडपपछि इजरायली बसोबासकर्ताहरू प्यालेस्टिनी सहरहरूमा प्रवेश गरेका कम्तीमा दुईवटा घटनाहरू प्रतिवेदन गरिएका छन्, जसमा परी दुई प्यालेस्टिनी घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल