१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा ‘प्लेअर अफ दी इअर’ २०१९ को उपाधि फुटबल स्टार लियोनल मेसीलाई



अ+ अ-

एजेन्सी । फिफाको ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले जितेका छन् । सोमबार राति इटालीमा आयोजित अवार्ड घोषणा कार्यक्रममा मेसीले उक्त उपाधि जितेका हुन् । मेसीले दुई प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डो र लिभरपुलका खेलाडी भर्जील भान डाइकलाई उछिन्दै यो उपाधि हात पारेका हुन् ।

मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । ५० खेल खेल्दा ५१ गोल गर्नुकासाथै २० गोलका लागि पास उपलब्ध गराएका थिए । ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए । मेसी यो उपाधि बसैभन्दा धैरै जित्ने फुटबलर हुन् । उनीपछि पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन् ।

अवार्ड घोषणा कार्यक्रममा मेसी पत्नी र २ छोरासहित गएका थिए । उपाधि जितेपछि बोल्दै मेसीले आफूलाई यसको हकदार बनाउनेप्रति आभार प्रकट गरे । उनले उपलब्धि आफ्नो मात्रै भन्दा पनि टोलीको योगदानका कारण भएको उनले बताए ।

महिलातर्फको उपाधि अमेरिकाकी फुटबलर मेगान रापिनोले जितिन । अमेरिकाले २०१९ मा भएको महिला विश्वकप जित्दा टोलीका लागि महत्वपूर्ण योगदान गरेका थिइन् । समाचार अन्नपुर्णपोष्ट दैनिकबाट