४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
फाइल फोटो
अ+ अ-

जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट्नुहुने जानकारी इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको हो।

नेतन्याहुको यो भ्रमण दुई नेताबीच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको बेला हुन लागेको हो।

नेतन्याहुको कार्यालयले जनाएको छ, “प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा उहाँले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा भाग लिनुहुनेछ।”

प्रधानमन्त्री नेतन्याहु सोमबार वाशिङ्टन प्रस्थान गर्नुहुनेछ । ट्रम्प गत वर्ष अमेरिकी राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएपछि यी दुई नेताबीच यो छैटौं भेट हुनेछ ।

उनीहरूबीच निकट सम्बन्ध रहेको छ। प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलको ‘सबैभन्दा ठूलो मित्र’ भनेर प्रशंसा गर्नुभएको छन् ।

इरान सम्झौताबारेको जटिल वार्ताका क्रममा ट्रम्पले यस वर्ष आफ्ना सहयोगी नेतन्याहुमाथि दवाव बढाएपछि पछिल्ला महिनाहरूमा उनीहरूको यो गठबन्धनमा तनाव देखिएको समाचारहरू आइरहेको समयमा नयाँ कार्यक्रम तय भएको हो । (रासस/एएफपी) :