७ श्रावण २०८३, बिहीबार
,
Latest
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा हिँडेको भन्दै चर्को आलोचना गर्नुभयो ।

उहाँले संविधान निर्माणमा भुमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री साहले आत्मालोचना नगरेको तथा सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन र  प्रमाणित गर्न खोजेको विषयमा अझै गम्भीर र सोचनीय रहेको बताउनु भयो । उहाँले सरकारले समाजलाई विभाजित गर्दै राज्य फाँसीवादउन्मुख दिशातर्फ अगाडि बढेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्था र संविधानको मूल्यमान्यता नै सिध्याउने गरि अघि बढिरहेको आरोप लगाउनु भयो ।

उहाँले राष्ट्रिय स्वाधिनता र व्यवस्थाको रक्षाको लागि सबै देशझक्त, बामपन्थीहरु एकीकृत हुन आवश्यक रहेको बताउनु भयो ।