७ श्रावण २०८३, बिहीबार
,
Latest
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पलाल स्मृति दिवस मनाइँदै



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।

विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनुभएको थियो । उहाँ सहिद गङ्गालालको भाइ हुनुहुन्छ ।

पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो ।

विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो ।

नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो ।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नुभएको थियो । उहाँको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीलगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन् । रासस