८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने
अ+ अ-

बागमती। हेटौँडा उपमहानगरपालिकाले नगर ई लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ई लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।

शिक्षक दरबन्दी पुनरावलोकन, मिलान र विद्यालय ‘मर्जिङ’ वा ‘डाउन साइजिङ’ गर्ने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । शिक्षकको पद रिक्त हुँदा पठनपाठनमा हुने क्षति न्यूनीकरणका लागि कार्यान्वयनमा रहेको शिक्षक बैंक व्यवस्थालाई निरन्तरता दिइने उल्लेख गर्दै उपमहानगरपालिकाले महिला शिक्षक प्रसुति बिदामा बसेको बखत सिकाइ क्षति आपुरणका लागि प्रसुति सट्टा शिक्षक व्यवस्थालाई निरन्तरता दिइने जनाइएको छ ।

स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, अस्पताल तथा विद्यालय नर्सको परिचालनमार्फत् सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने प्रबन्धलाई निरन्तरता दिइने नगरप्रमुख लामाले बताउनुभयो ।

एनजाइटी, अटिजम, बौद्धिक अपाङ्गता, ‘डाउन सिन्ड्रोम’जस्ता फरक प्रकृतिका समस्या भएका बालबालिकाको सिकाइ सुनिश्चितताका लागि आवश्यक संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संस्थागत विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाइने र सीमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन शैक्षिक सामग्री सहयोगसहित छात्रवृत्तिको व्यवस्था गरिने उपमहानगरपालिकाले जनाएको छ । रासस