२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला



अ+ अ-

झापा। जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो एक वर्षको अवधिमा जिल्लाबाट हराएका अधिकांश व्यक्तिको सफलतापूर्वक खोजी गरेको छ ।

प्रहरीको वार्षिक तथ्याङ्कअनुसार विभिन्न स्थानबाट हराएका भन्दै ६६७ जनाको हुलिया दर्ता भएकामा ६५३ जना फेला परिसकेका छन् भने १४ को खोजी जारी रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकार भएका निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति सुरक्षित रूपमा फेला परेका हुन् । बाँकी १४ जनाको खोजी कार्य पनि निरन्तर जारी रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, झापामा गत आर्थिक वर्षमा दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी फछ्र्यौट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाभर घरेलु तथा महिला हिंसासम्बन्धी १२३ वटा उजुरी दर्ता भएकामा सबै उजुरीको आवश्यक प्रक्रिया पूरा गरी समाधान गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सक्रिय पहलमा घटनाको प्रकृतिअनुसार कानुनी कारबाही, सचेतनामूलक परामर्श तथा दुवै पक्षबीच संवादमार्फत मेलमिलाप गराएर उजुरी टुङ्ग्याइएको प्रहरी नायब उपरीक्षक अवाले बताउनुभयो ।

उहाँका अनुसार यस्ता घटनामा उजुरी प्राप्त हुनासाथ प्रहरीले आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउँदै पीडितलाई न्याय दिलाउने तथा विवाद समाधान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । रासस