२ श्रावण २०८३, शनिबार
,
Latest
‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने



अ+ अ-

पोखरा। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तिब्रता दिएको छ ।

महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन्।

सहभागीहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताए ।

उनीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गामै बसपार्क निर्माण गरिनुपर्ने र फिर्के खोलाको सीमा यकिन भइसकेकाले तत्काल ‘फिर्के कोरिडोर’ निर्माण शुरु गर्न सुझाव दिएका छन् । महानगरले हालै मात्र ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुनैपनि बहानामा सार्वजनिक जग्गा मिच्ने कार्य स्वीकार्य नभएको र यो अभियान निरन्तर जारी रहने उहाँले बताउनु भयो । उहाँले महानगरभित्र रहेको सार्वजनिक जग्गाको एकीकृत लगत संकलन भइरहेको र केही समयभित्रै त्यसको विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो । प्रारम्भिक अनुमानअनुसार पोखरामा वन क्षेत्रसहित झन्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको छ । उक्त जग्गाको यकिन लगत तयार भएपछि कसैले अतिक्रमण गरेको पाइएमा तत्काल खाली गर्न सूचित गरिने र अटेर गरेमा महानगरले कानुनी प्रक्रियाअनुसार आफैँ अतिक्रमण हटाउने आचार्यले स्पष्ट पार्नुभयो ।

महानगरले ३३ वटै वडामा खेलमैदान र उद्यान (पार्क) निर्माण गर्ने योजना अघि सारेको छ । बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको उचित व्यवस्थापन भएपछि मात्र व्यवस्थित बसपार्क निर्माणको काम शुरु हुने प्रमुख आचार्यको भनाइ छ ।

पोखरा–१ स्थित टुँडीखेलको जग्गा यकिन गर्ने कार्य पनि छिट्टै थालिने महानगरले जनाएको छ । सडक, राजकुलो, चौर र अन्य सार्वजनिक स्थल अतिक्रमण गर्नु कानून विपरित हुने भन्दै कसैले त्यस्तो जग्गामा निजी संरचना वा व्यवसाय सञ्चालन गरेको भए आफैँ खाली गर्न महानगरले आह्वान गरेको छ ।

सार्वजनिक सुनुवाइमा स्थानीयले महानगरको सेवा प्रवाह र विकास निर्माणका विविध पक्षमा समेत जिज्ञासा राखेका थिए । –न्युज एजन्सी नेपाल