काठमाडौँ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न भएको जानकारी दिएको छ ।
अमेरिकी सैन्य बलले लगातार छैटौँ रात इरानसँग सम्बन्धित लक्ष्यहरूमा हवाई आक्रमण गरेको हो । सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार उक्त सैन्य कारबाही सम्पन्न भएको हो ।
पछिल्लो समय जारी तनावका बीच अमेरिकी सेनाले निरन्तर छैटौँ रात यी आक्रमणहरूलाई निरन्तरता दिएको पुष्टि गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











