९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
अ अ+ अ-

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी परेको छ । त्यस अदालतमा दर्ता भएका ५१५ मुद्दामध्ये सबैभन्दा बढी सेवा सुविधासम्बन्धी रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले जानकारी दिनुभयो ।

यस आवमा उक्त अदालतमा सेवा सुविधासम्बन्धी २०२ थान मुद्दा दायर भएको थियो । अदालतमा बढुवासम्बन्धी १८७, सरुवाका १०१, विभागीय सजायका १६, अवकाश ७ र अदालतको अवहेलनासम्बन्धी दुई मुद्दा परेको रजिष्ट्रार रेग्मीले बताउनुभयो ।

ती मुद्दामध्ये यस आवमा २१३ वटा मुद्दा फैसला भएका छन् भने ३०२ बाँकी छन् । विसं २०८२ साउनबाट अधिकार क्षेत्र विस्तार भएपछि धेरै मुद्दा यस आर्थिक वर्षमा परेको उहाँले बताउनुभयो । प्रशासकीय अदालतका अध्यक्ष डा टेकबहादुर घिमिरेले प्रशासकीय अदालतको क्षेत्रधित्रकार विस्तार हँुदै गएको हुनाले यसवर्ष मुद्दाको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

अदालतमा विषयगत रुपमा सङ्घीय निजामती सम्बन्धित मुद्दा २२१ वटा, प्रदेश निजामती १०८, शिक्षक ९९, संस्थान÷प्रतिष्ठान ४०, स्वास्थ्य २६, करारसमबन्धी तीन मुद्दा परेको छ । प्रदेशगत रुपमा बागमती प्रदेशका ३४२, मधेस प्रदेशका ६६, कोशी प्रदेशका ४०, गण्डकी प्रदेशका २०, सुदूरपश्चिम प्रदेशका १९, कर्णाली प्रदेशका १५ र लुम्बिनी प्रदेशसँग सम्बन्धित १३ वटा मुद्दा रहेको छ ।

निजामती वा सरकारी स्वामित्वमा रहेका सङगठित सङ्घ संस्थाका कर्मचारीलाई दिइएको विभागीय सजाय, सरुवा, बढुवा वा स्तरवृद्धि, उपदान, निवृत्तभरण वा अवकाश, समायोजन, सेवाशर्त तथा सुविधासम्बन्धी मुद्दाको निर्णय वा अन्तिम आदेश उपर पुनरावेदन सुन्ने अदालतको अधिकार क्षेत्र रहेको छ ।