१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा युएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिनुभएको थियो ।

सो विषयमा मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको भएको थियो । रासस