९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मदन भण्डारी षडयन्त्रमूलक ढंगले हत्या भएको भन्दै त्यो अहिले पनि खोजीको विषय बन्नुपर्ने बताउनुभएको छ  ।

आईतवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले मदन भण्डारीको हत्याबारे नेपालीमा समाजमा यथार्थ उजागर गर्न सक्नुपर्ने पनि बताउनु भयो ।

उहाँले मदन भण्डारी अनेक क्षमता भएका नेपालको कम्युनिष्ट आन्दोलनको सम्मानित व्यक्ति भएको चित्रित गर्दै त्यसै भएर उहाँलाई कार्लमाक्र्स नेपालमा जिवित छन भनेर भनेको तथ्य पनि स्मरण गराउनु भयो । सहसंयोजक नेपालले मदन भण्डारीको विरासतलाई उजागर गर्ने कार्यमा अझै सक्रियतापूर्वक लाग्न मदन भण्डारी फाउण्डेशललाई आग्रह पनि गर्नुभयो ।

त्यस अवसरमा सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुबीच तत्काल सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विगतमा जस्तो आज मिल्ने र भोली फुट्ने खालको एकता भने गर्न नहुने बताउनु भयो ।




भर्खरै