९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग

विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान

विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी महाधिवेशनलाई केवल औपचारिकतामा मात्र सिमित नराखी देशको भविष्य दिशा निर्देश गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

चितवनमा सञ्चालित पार्टीको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले विगतको उपलब्धिलाई प्रशंसामा मात्र सिमित नगरी परिणाममा बदल्नुपर्नेमा जोड दिनुभएको हो ।

सभापति लामिछानेले विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका व्यक्तिहरूको एकताबाट रास्वपा निर्माण भएको चर्चा गर्दै हिजोको जनलहरलाई अब वैज्ञानिकता र ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताउनु भयो ।

विश्व राजनीतिक इतिहासमा पहिलो महाधिवेशनअगावै सरकारमा सहभागी हुने अवसर पाउनु विरलै हुने घटना भएको उल्लेख गर्दै उहाँले अब पार्टीसामु दुईवटा विकल्प रहेको स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार पहिलो विकल्प उपलब्धिलाई लिएर खुशी मनाउने मात्र हो भने दोस्रो विकल्प यसलाई सार्थक परिणाममा बदल्ने हो ।

उहाँले फरक परिणाम प्राप्त गर्न पुरानो कार्यशैली र चरित्र त्यागेर नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । नेतृत्व चयनका सन्दर्भमा प्रतिनिधिहरूलाई सचेत गराउँदै सभापति लामिछानेले कसैको दबाब वा प्रभावमा नपरी स्वविवेक प्रयोग गर्न आग्रह गर्नुभयो ।

पार्टीभित्र मन्त्री चयन वा जिम्मेवारी बाँडफाँटका विषयमा बाहिर आएका चर्चाको खण्डन गर्दै उहाँले यसबारे हालसम्म कुनै पनि औपचारिक निर्णय नभएको स्पष्ट पार्नुभयो। सबै प्रतिनिधिहरू नेतृत्वका लागि योग्य रहेको र कसैलाई मतदान गर्न पार्टीले कुनै प्रकारको उर्दी जारी नगरेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हामीले देखेको सपनालाई वास्तविकतामा ढाल्ने यो महाधिवेशन हाम्रो राजनीतिक जीवन र देशको भविष्यका लागि एउटा महान् अवसर हो । प्रतिनिधि हुनु भनेको कसैले भनिदिएका भरमा भोट हाल्ने लालमोहर वा औँठाछाप बन्नु होइन । हामी पुरानो प्रवृत्तिविरुद्ध विद्रोह गरेर यहाँ आएका हौँ, त्यसैले तपाईंहरू देश र पार्टीप्रति उत्तरदायी बन्नुपर्छ ।’

सम्बोधनका क्रममा लामिछानेले आफूलाई यस प्रक्रियामा एक ‘पर्यवेक्षक’का रूपमा मात्र राखेको बताउँदै जसले जिते पनि उनीहरू आफ्नै परिवारको सदस्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यकर्ताको त्याग र मेहनतको उच्च कदर गर्दै विवेकपूर्ण ढङ्गले सक्षम नेतृत्व छनोट गरी पार्टीलाई थप शक्तिशाली बनाउन अपिल समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल