९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको आवाजलाई बेवास्ता नगर्न सरकारलाई नेकपाको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन्। उनले प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरीका रूपमा व्याख्या गर्न खोजिए त्यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै उनले प्रतिपक्षले उठाएको प्रश्नलाई नजरअन्दाज गर्न नहुने धारणा राखे।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जोडिएका केही घटनाप्रति पनि चिन्ता व्यक्त गरे। प्रधानमन्त्री कार्यालयमा व्यक्तिहरूलाई बोलाएर बयान लिने र पक्राउ गर्ने जस्ता गतिविधि भएको भन्ने चर्चा सार्वजनिक भएकाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।

सांसद मल्लले संवैधानिक आयोगका पदाधिकारीमाथि दबाब वा थुनछेक गरिएको आरोपबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग गरे। यदि यस्ता घटना भएको पुष्टि भए दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने उनको जोड थियो।

लोकतान्त्रिक व्यवस्था, संवैधानिक निकायको स्वतन्त्रता तथा विधिको शासनको संरक्षणका लागि सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनले बताएका छन्।




भर्खरै