१५ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात



अ+ अ-

काठमाडौं। फिफा विश्वकप २०२६ मा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको अभियानलाई निकै सानदार रूपमा सुरुवात गरेको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो ।

अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् ।  उनले १७ औँ मिनेटमा पहिलो गोल गरे । उनले रोड्रिगो डे पलको पासमा सुन्दर गोल गरेका हुन् ।

त्यस्तै ६० औँ मिनेटमा मेसीले दोस्रो गोल गरे । त्यस्तै मेसीले ७६ औँ मिनेटमा तेस्रो गोल गरे । निको गोन्जालेजको पासमा मेसीले ह्याट्रिक पूरा गरेका हुन् ।

यस्तै अफसाइडका कारण अल्जेरियाका खेलाडीले गरेको एक गोलले पनि मान्यता पाएको थिएन । याे जितसँगै अर्जेन्टिनाले ३ अ‌ंक जाेड्दै समूह जे मा शीर्ष स्थानमा उक्लिएकाे छ ।

 विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन्। चार वर्षअघि कतारमा मेस्सीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेस्सीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।