६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहको पेनाल्टी गोलमा लिभरपुलको जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले घरेलु मैदानमा संघर्षपूर्ण जित निकाल्न सफल भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

ह्यारी केनले खेलको पहिलो मिनेटमै गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, जोर्डन हेण्डरसनले खेलको ५२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काई हाले । त्यसपछि खेलको ७५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २१ को जित दिलाए ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । अपराजित रहेको लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले अघि रहेको छ । पराजित टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।