११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड

प्रधानमन्त्रीको हाजिरीमाथि हर्क साम्पाङले उठाए प्रश्न, सीमा विषयमा स्पष्टिकरणको माग

प्रधानमन्त्रीको हाजिरीमाथि हर्क साम्पाङले उठाए प्रश्न, सीमा विषयमा स्पष्टिकरणको माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको उपस्थितिबारे प्रश्न उठाउँदै हाजिरीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।

बैठक सञ्चालनका क्रममा साम्पाङले संसदीय नियमावलीको व्यवस्था स्मरण गराउँदै सांसदहरूको अनिवार्य उपस्थितिलाई जोड दिएका हुन् । नियमअनुसार बैठक कक्षमा प्रवेश गर्नुअघि सदस्यहरूले उपकक्षमा रहेको हाजिरी पुस्तिका वा विद्युतीय प्रणालीमार्फत उपस्थिति जनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले सो प्रक्रिया सबैमा समान रूपमा लागू हुनुपर्ने तर्क राखे ।

सोही सन्दर्भमा उनले प्रधानमन्त्री बालेन शाह संसद्को बैठकमा उपस्थित भए–नभएको विषय उठाउँदै प्रश्न गरे । उनले उपस्थित नभएको अवस्थामा प्रतिनिधिसभाको सदस्यताको वैधानिकतामाथि प्रश्न उठ्न सक्ने दाबीसमेत गरे ।

साम्पाङले उपस्थितिको अभावमा सांसद पदको अवस्था स्वतः प्रभावित हुने टिप्पणी गर्दै त्यसको संवैधानिक असरबारे पनि ध्यान दिनुपर्ने धारणा राखे । साथै, उनले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत राखे । सीमा अतिक्रमणका विषयमा तथ्यगत जानकारी दिन र कुनै कमजोरी भएको भए सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको आग्रह थियो ।

प्रतिनिधिसभाको बैठकमा उठाइएको यो विषयले फेरि एकपटक संसदीय उपस्थिति, उत्तरदायित्व र सीमा विवादबारे राजनीतिक बहस चर्काएको देखिएको छ ।