६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने

एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडाैँ । आगामी आर्थिक वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य लिइएको छ । आज आगामी आव २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिनेछ ।

यसै वर्ष कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको कार्य सम्पन्न हुने अर्थमन्त्रीको भनाइ छ । उहाँका अनुसार आगामी वर्ष काँकरभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही खण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । बागमती–पथलैया, नारायणगढ–हेटौँडा तथा गोरुसिङ्गे–चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गरिनेछ । पोखरिया–कञ्चनपुर, चन्द्रौटा–धानखोला तथा कोहलपुर–गड्डाचौकी सडकखण्ड स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ । त्यसैगरी, काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने अर्थमन्त्री डा वाग्लेले उल्लेख गर्नुभएको छ । द्रुतमार्गको लिङ्क रोड निर्माणसमेत सुरु गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । “यस आयोजनाका लागि रु १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ । यसअन्तर्गत घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गर्ने कार्य सुरु गरिनेछ तथा आठवटा सडक पुल निर्माण सम्पन्न गरिनेछ । हुलाकी राजमार्गका लागि रु चार अर्ब ६५ करोड विनियोजन गरिएको छ”, मन्त्री डा वाग्लेले भन्नुभयो, “कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि रु एक अर्ब विनियोजन गरिएको छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ । यसअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति तथा पाँचवटा पुल निर्माण सम्पन्न गर्न रु दुई अर्ब १६ करोड विनियोजन गरिएको छ ।” उहाँका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर सडक कालोपत्र तथा पुल निर्माणका लागि रु एक अर्ब ४६ करोड विनियोजन गरिएको छ । आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गरिने अर्थमन्त्रीले उल्लेख गर्नुभयो । उहाँका अनुसार राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नति गरिनेछ । राष्ट्रिय राजमार्ग, रणनीतिक सडक पुल तथा स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७ करोड विनियोजन गरिएको मन्त्री वाग्लेको भनाइ छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीदेखि पोखरासम्म चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिनेछ ।

मुग्लिन–आबुखैरेनी खण्डको निर्माण सुरु गरिनेछ । नागढुङ्गा–मुग्लिन खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताउनुभयो । “नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइनेछ । यी सडकखण्डका लागि रु छ अर्ब ५५ करोड विनियोजन गरिएको छ । कर्णाली करिडोरको ३१ किलोमिटर सडक कालोपत्र तथा ग्राभेल गरिनेछ ।

कालीगण्डकी करिडोरको २१ किलोमिटर सडक कालोपत्र गरिनेछ । कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्र गरिनेछ । यी तीन करिडोरका लागि रु छ अर्ब २५ करोड विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड स्तरोन्नतिका लागि रु एक अर्ब ३५ करोड विनियोजन गरिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा निर्माण गर्ने कार्य प्रारम्भ गरिनेछ ।”