५ श्रावण २०८३, मंगलवार
,
Latest
सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित १० उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक मर्मतका लागि १५ अर्ब ५५ करोड बजेट आवश्यक, सडक विभागद्वारा एकीकृत वार्षिक योजना सार्वजनिक



अ+ अ-

काठमाडौँ। सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।

विभागले आयोजना गरेको ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक इन्जिनियर श्यामबहादुर खड्काकाअनुसार विभाग अन्तर्गतका राष्ट्रिय राजमार्ग र सहायक सडक सञ्जाल गरी कुल १८ हजार किलोमिटर सडकको मर्मतका लागि सो रकम माग गरिएको हो ।

यो बजेट सडकहरूलाई सुरक्षित र सुचारु अवस्थामा राख्नका लागि नियमित, पुनरावर्ती र आवधिक मर्मतका साथै सडक सुरक्षा र बायो–इन्जिनियरिङ जस्ता कार्यमा खर्च गरिनेछ ।

सडक विभागले सडकको भौतिक अवस्था, ट्राफिक चाप र सतहको गुणस्तरका आधारमा वैज्ञानिक पद्धतिबाट यो योजना तयार पारेको जनाएको छ ।

विभागका चारवटा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरूमार्फत सडक खण्डहरूको तथ्याङ्क सङ्कलन गरी वेब–बेस्ड सफ्टवेयर प्रणालीमार्फत मर्मतको आवश्यकता र बजेटको पहिचान गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सडकको इन्भेन्टरी, ट्राफिक चाप र सडक सतहको अवस्थालाई विश्लेषण गरेर डाटाबेस्ड प्लानिङ गरेका छौँ । यस कार्यशालाले देशभरिका कुन सडक खण्डलाई कस्तो प्रकारको मर्मत आवश्यक छ भन्ने एकीकृत चित्र स्पष्ट पारेको छ ।’

यस योजनाले निर्माण सम्पन्न भई मर्मतको चरणमा प्रवेश गरेका आयोजनाहरूको पहिचान र प्रमाणीकरण गर्ने कार्यलाई समेत सहज बनाएको छ ।

मर्मत कार्यलाई थप प्रभावकारी बनाएर नागरिकलाई सहज र सुरक्षित यातायात सुविधा प्रदान गर्ने लक्ष्य विभागले राखेको छ ।

आगामी आर्थिक वर्षमा सडकको मर्मतसम्भारलाई प्राथमिकतामा राख्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यो एकीकृत योजना कोशेढुङ्गा सावित हुने विभागको विश्वास छ । –न्युज एजेन्सी नेपाल




भर्खरै