३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोभा आइसक्रिमको ब्याच नम्बर सी०२ असुरक्षित, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन



अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नोभा ब्रान्डको आइसक्रिमको एक ब्याच मानव उपभोगका लागि उपयुक्त नदेखिएको भन्दै बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश जारी गरेको छ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा आइसक्रिममा कुल ब्याक्टेरिया संख्या, कोलिफर्म तथा इन्टेरोब्याक्टेरियास जस्ता हानिकारक ब्याक्टेरियाको उपस्थिति पाइएको जनाएको छ।

विभागका अनुसार उक्त ब्याक्टेरियाको उपस्थितिका कारण उत्पादन मानव उपभोगका लागि उपयुक्त नदेखिएको निष्कर्ष निकालिएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित ब्याच नम्बरका सबै उत्पादन बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिइएको छ।

त्यसैगरी सोही दफाको उपदफा (४) अनुसार उक्त उत्पादनको बिक्री–वितरण नगर्न र नगराउन समेत सम्बन्धित उत्पादकलाई आदेश दिइएको विभागले स्पष्ट पारेको छ।

विभागले जारी गरेको आदेश अनुसार नोभा ब्रान्डको १००० मिलिलिटर क्षमताको आइसक्रिम (ब्याच नम्बर C02) मानव स्वास्थ्यका दृष्टिले असुरक्षित देखिएको हो। उक्त उत्पादन फिसटेल डेरी प्रा. लि., पोखरा औद्योगिक क्षेत्र, पोखराले उत्पादन गरेको उल्लेख गरिएको छ। उत्पादन मिति २०८२ साउन १९ रहेको र उपभोग्य अवधि १२ महिना रहेको पनि सूचनामा जनाइएको छ।

विभागले सम्बन्धित सबै निकायलाई उक्त ब्याचका उत्पादन तत्काल बजारबाट हटाउन र उपभोक्ता सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गरेको छ।