१२ श्रावण २०८३, मंगलवार
,
Latest
सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा इरानका दुईवटा तेल ट्याङ्कर निष्क्रिय



अ+ अ-

काठमाडौँ। अमेरिकी सेनाले ओमानको खाडीमा इरानी ध्वजावाहक थप दुईवटा तेल ट्याङ्करहरूलाई निष्क्रिय पारेको छ । इरानी बन्दरगाहहरूमाथि अमेरिकाले जारी राखेको नाकाबन्दीका क्रममा शुक्रवार यो कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सेन्टकमले इरानी बन्दरगाहमा प्रवेश गर्न खोजिरहेका दुईवटा खाली तेल ट्याङ्करहरूमाथि नाकाबन्दीको प्रावधानअनुसार कारबाही गरिएको उल्लेख गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार विमानवाहक युद्धपोत ‘यूएसएस जर्ज एच डब्लु बुश’ बाट उडेको एफ/ए–१८ सुपर हर्नेट लडाकु विमानले ती दुवै ट्याङ्करहरूको ’स्मोकस्ट्याक’ (धुवाँ निकाल्ने नली) मा सटीक प्रहार गरी तिनीहरूलाई अगाडि बढ्न नसक्ने बनाएको थियो ।

इरानका सबै बन्दरगाहहरूमा अमेरिकाले लगाएको वर्तमान नाकाबन्दीलाई कार्यान्वयन गर्ने सिलसिलामा यो कारबाही भएको अमेरिकी सेनाले स्पष्ट पारेको छ ।सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




भर्खरै