२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गी सङ्क्रमणको सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौँ। सरकारले १३ स्थानीय तहलाई डेङ्गी सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

“हामीले पुस यता सबै स्थानीय तहको डेङ्गी सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गी सङ्क्रमण देखिएका छन् । तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएको सतर्कता अपनाउन पत्राचार गरेका छौँ ।”

उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन् ।

पुस यता करिव ६ सय जनामा सङ्क्रमण देखिएको थियो । शाखा प्रमुख डा दाहालले अहिलेको पानीले केही सङ्क्रमण नबढाउने बताउनुभयो । “अहिलेको पानी डेङ्गी सार्ने लामखुट्टे फैलिने छैन । एक छिन आउने त्यसपछि नआउने खालको छ”, उहाँले भन्नुभयो, “त्यसैले अहिलेको पानीमा डेङ्गी सार्ने लामखुट्टे फैलिने सक्दैन । सङ्क्रमणको जोखिम कम छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी सङ्क्रमण लाग्दछ ।  रासस




भर्खरै