२९ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको तेल, ग्यासबाट हुने आम्दानीमा ३८ प्रतिशतले कमी



अ+ अ-

मस्को। रुसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ ।

सन् २०२६ को पहिलो चार महिनामा गत बर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आम्दानी ३८.३ प्रतिशतले घटेर करिब ३०.९५ अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

यो गिरावट मुख्य रूपमा अघिल्लो अवधिहरूमा तेलको कम मूल्यका कारण भएको मन्त्रालयले जनाएको छ । यद्यपि, यो अवधिमा गैर–तेल र ग्याँसको राजस्व १०.२ प्रतिशतले बढेर झण्डै एक खर्ब २६ अर्ब ९० करोड डलर पुगेको छ ।

मन्त्रालयले भनेको छ, “अनुकूल मूल्य अवस्थाको अवधिमा अतिरिक्त तेल र ग्याँस राजस्वको संचय, कम अनुकूल अवधिमा कमीहरू पूरा गर्न राष्ट्रिय सम्पत्ति कोषको प्रयोगको कारण ऊर्जा आयमा उतार–चढाव भएपनि बजेट प्रणालीको स्थिरता सुनिश्चित रहेको छ।”

सन् २०२६देखि सन् २०२८ सम्मको अवधिको लागि तयार पारिएको बजेट कानून अनुसार रूसले सन् २०२६ को लागि तेल र ग्याँसबाट करिब एक खर्ब २० अर्ब १० करोड डलर र गैरइन्धन राजस्वबाट करिब चार खर्ब २२ अर्ब ४० करोड डलर आर्जन गर्ने अनुमान गरिएको छ।  (रासस/एएफपी)