११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

ट्राफिक प्रहरीको अभियानः अकासेपुल र जेब्राक्रसिङको प्रयोग गर्न आग्रह

ट्राफिक प्रहरीको अभियानः अकासेपुल र जेब्राक्रसिङको प्रयोग गर्न आग्रह
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै पैदल यात्रुको असावधानीका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

व्यस्त सडक क्षेत्रमा जथाभावी बाटो काट्ने प्रवृत्ति नियन्त्रण गर्दै सर्वसाधारणलाई सुरक्षित रूपमा सडक पार गर्न प्रेरित गर्ने उद्देश्यले आजदेखि उक्त अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

राजधानीका मुख्य सडकहरूमा अकासेपुल र जेब्राक्रसिङको प्रयोग नगरी बीचबाटै बाटो काट्ने पैदल यात्रुको सङ्ख्या बढ्दै जानुका साथै यसले दुर्घटनाको जोखिममात्रसहित सवारी व्यवस्थापनमा समेत चुनौती थपिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँका व्यस्त सडकमा पैदल यात्रुले जथाभावी बाटो काट्दा दुर्घटनाको सम्भावना अत्यधिक बढेको छ । नागरिकको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले विशेष सचेतना कार्यक्रम सञ्चालन गरेको हो । हाम्रो उद्देश्य कारबाहीभन्दा पनि जनचेतना अभिवृद्धि गर्नु हो ।”

ट्राफिक प्रहरीले जमल, घण्टाघर, सुन्धारा, भद्रकाली, तीनकुने, सिनामङ्गललगायत उपत्यकाका अत्यधिक भीडभाड हुने क्षेत्रमा विशेष निगरानीसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

ती स्थानमा खटिएका ट्राफिक प्रहरीले अकासेपुल प्रयोग नगरी सडक पार गर्न खोज्ने पैदल यात्रुलाई रोकेर सुरक्षित तरिकाले सडक पार गर्ने अभ्यास सिकाइरहेका छन् । अभियानअन्तर्गत ‘ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ’ तथा ‘अकासेपुल र जेब्रा क्रसबाट बाटो काटौँ’ भन्ने नारासहित सर्वसाधारणलाई जानकारीमूलक सन्देश प्रवाह गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले माइकिङ, पर्चा वितरण तथा प्रत्यक्ष संवादमार्फत नागरिकलाई सचेत बनाउने काम गरिरहेको जनाएको छ । ट्राफिक प्रहरीका अनुसार विशेषगरी मोबाइल फोन प्रयोग गर्दै वा हतारमा सडक पार गर्ने क्रममा धेरै पैदल यात्रु दुर्घटनामा पर्ने गरेका छन् । यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले समय–समयमा विद्यालय, कलेज तथा सार्वजनिकस्थलमा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सडक सुरक्षा विज्ञहरूले पनि पैदलयात्रु स्वयं सचेत नभएसम्म दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण रहने बताएका छन् । उनीहरूका अनुसार सडक पूर्वाधार निर्माणसँगै नागरिकको व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । अकासेपुल, जेब्रा क्रस तथा ट्राफिक सङ¬्केतहरूको प्रयोगलाई संस्कारकै रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । साथै, ट्राफिक नियम उल्लङ्घन गरी जोखिमपूर्ण ढङ्गले सडक पार गर्ने पैदल यात्रुलाई आवश्यक परे कारबाहीसमेत गरिने चेतावनी दिएको छ ।

राजधानीमा बढ्दो सवारीसाधन र व्यस्त सडक व्यवस्थापनलाई सुरक्षित बनाउन ट्राफिक प्रहरीको यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

नागरिकले पनि आफ्नो सुरक्षाका लागि ट्राफिक नियमको पालना गर्दै अकासेपुल र जेब्राक्रसको अनिवार्य प्रयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । रासस