११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च
अ अ+ अ-

झापा। मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ ।

मिर्गौलाका बिरामीको डायलासिस उपचारका लागि सबैभन्दा धेरै श्यया उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हाल मेचीनगरका ८५ जना बिरामीले नियमित डायलासिस सेवा लिइरहेका छन् । उक्त अस्पतालमा उपचाररत डायलासिस गराइरहेका बिरामी २२१ जना रहेका छन् ।

यसमध्ये डायलासिस गराउने मेचीनगरका बिरामीको सङ्ख्या अधिक छ । मिर्गौला प्रत्यारोपण गराएका ६९ जनालाई मेचीनगर नगरपालिकाले मासिक रु पाँच हजारका दरले निर्वाह भत्तासमेत दिइरहेको छ ।

अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार हाल अस्पतालमा भद्रपुर नगरपालिकाका २७ जना, विर्तामोड नगरपालिकाका १८ जना, बुद्धशान्ति गाउँपालिकाका १५ जना, अर्जुनधारा नगरपालिकाका १० जना, बाह्रदशी गाउँपालिकाका नौ जना, कनकाई नगरपालिकाका आठ जना, कचनकबल गाउँपालिकाका आठ जना, हल्दिबारी गाउँपालिकाका छ जना र कमल गाउँपालिकाका तीन जनाले नियमित डायलासिस सेवा लिइरहेका छन् ।

छिमेकी जिल्ला इलामका २२ जना, ताप्लेजुङका चार जना, पाँचथरका तीन जना, तेह्रथुमका दुई जना र सुनसरीका एक जनाले समेत अस्पतालबाट डायलासिस सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिस सेवा निःशुल्क रहेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल साइरामले बताउनुभयो । उहाँका अनुसार हाल २४ श्ययामा २४ वटा मेसिन राखेर बिरामीको डायलासिस सेवा प्रदान गरिरहेको र निकट भविष्यमा श्यया र मेसिन थपेर ५० पु¥याउने अस्पतालको लक्ष्य रहेको छ ।

मिर्गौलाले रगत प्रशोधन कार्य गर्न असक्षम भएपछि मेसिनको सहायताले रक्तको शुद्धीकरण गरिन्छ, जसलाई डायलासिस भन्ने गरिन्छ । झापामा छवटा अस्पतालमा मिर्गौलाको डायलासिस सेवा उपलब्ध छ । सबैभन्दा धेरै श्यया र मेसिन भने ओमसाई पाथीभरा अस्पतालमा रहेको छ ।

निःशुल्क डायलासिस सेवा लिनका लागि चिकित्सक र स्थानीय पालिकाबाट सिफारिस ल्याउनुपर्ने प्रावधान रहेको प्रबन्ध निर्देशक पोखरेलले बताउनुभयो । उहाँले निःशुल्क सेवा लिन नेपाली नागरिकता र स्वास्थ्य बिमा बोर्डको कार्डसमेत पेस गर्नुपर्ने जानकारी दिनुभयो । अस्पतालमा नियमित डायलासिस गराइरहेका बिरामीहरुमा पुरुष १३९ र महिला ८२ जना रहेका छन् । रासस