११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

माछापुच्छ्रे सम्वाद : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

माछापुच्छ्रे सम्वाद : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
अ अ+ अ-

गण्डकी। अन्नपूर्ण जलवायु सम्मेलनअन्तर्गत पोखरामा सम्पन्न जलवायु परिवर्तन र हिमालसम्बन्धी दुईदिने माछापुच्छ्रे संवाद १५ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र –२०८३’ जारी गर्दै आज सम्पन्न भएको छ ।

वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकासहित विभिन्न सङ्घसंस्थाहरूद्वारा संयुक्त रुपमा आयोजित ‘माछापुच्छ्रे संवाद’ कार्यक्रमपश्चात् आज घोषणापत्र जारी गरिएको हो । सो घोषणापत्रमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र अनुकूलनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएका छन् ।

जलवायुजन्य प्रकोपको जोखिममा रहेको गण्डकी प्रदेशको पर्यावरण र समुदायको उत्थानशीलता अभिवृद्धि गर्न सबै क्षेत्रबाट पहल गर्ने उल्लेख गर्दै घोषणापत्रमा वन क्षेत्रले कार्बन सञ्चिति र उत्सर्जन न्यूनीकरणमा खेलेको भूमिकालाई स्वीकार गर्दै वन संवर्द्धन प्रणालीमा आधारित व्यवस्थापनमार्फत वातावरणीय सेवाको निरन्तरता सुनिश्चित गर्ने जनाइएको छ ।

कृषि र वन क्षेत्रमा रहेका अवशेष, पातपतिङ्गर र मिचाहा प्रजातिलाई बायोचार र बायोकम्पोष्टमा उपयोग गर्दै वन डढेलो न्यूनीकरण र माटोको उर्वरा शक्ति बढाउने कार्यक्रमलाई प्रोत्साहन गर्ने सहमति गरिएको छ । हिमालय पर्वत शृङ्खलामा भइरहेका शृङ्खलाबद्ध प्रकोपका कारण हुने विपद् जोखिम न्यूनीकरण गर्न मौसम सूचना केन्द्र र पूर्वसूचना प्रणालीको विस्तारमा जोड दिइएको छ ।

जलवायु परिवर्तनका असरबारे सुसूचित समुदाय निर्माण गर्न विद्यालयस्तरको पाठ्यक्रम विकास र तथ्याङ्क अभिलेखीकरणमा ऐक्यबद्धता जनाइएको छ ।

जलवायु उत्थानशीलताका लागि आदिवासी, जनजाति एवं स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र अभ्यासलाई वैज्ञानिक प्रविधिसँग जोड्दै सम्मान र संरक्षण गर्ने घोषणपत्रमा प्रतिबद्धता व्यक्त गरिएको छ । वातावरणमैत्री भू–उपयोग, प्रकृतिमा आधारित पर्यटन, र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्वको अभ्यासलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

घोषणापत्रमा २०६९ साल वैशाख २३ गते सेती नदीमा आएको विनाशकारी बाढीको स्मरण गर्दै जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको अध्ययन र अनुसन्धानका लागि ‘अन्नपूर्ण जलवायु विपद् स्मृति केन्द्र’ (एबीसीडी) स्थापना गर्न आह्वान गरिएको छ । जलवायुु परिवर्तनका सङ्कटासन्नतालाई सम्बोधन गर्न तीनै तहका सरकारको समन्वयमा शैक्षिक एवं अनुसन्धान संस्था, संरक्षण साझेदार र निजी क्षेत्रबीचको सहकार्यलाई बढावा दिन प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्मेलनमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डा महेश्वर ढकाललगायत विभिन्न विषयसम्बद्ध विज्ञहरूले विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो । रासस