२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा सङ्कटले विश्व अर्थतन्त्रमा चुनौती, पेट्रोलको मूल्य अत्यधिक बढ्यो



अ+ अ-

न्यूयोर्क। इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिकरूपमा बढेको छ ।

पछिल्लो विवरण अनुसार पेट्रोलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको छ भने मात्र एक हप्ताको अवधिमा प्रति ग्यालोन ३१ सेन्टले बढेर औसत ४.४८ डलर पुगेको छ ।

यसले दैनिक जीवनयापन र यातायात खर्चमा ठुलो असर पारेको छ । विशेषज्ञका अनुसार मूल्य वृद्धिको मुख्य कारण विश्वव्यापी ऊर्जा सङ्कट हो, जसमा कच्चा तेलको आपूर्ति र वितरण प्रणाली गम्भीर रूपमा प्रभावित भएको छ ।

फारस खाडीस्थित महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमा उत्पन्न तनावका कारण तेल ट्याङ्कर आवागमन गर्न नसक्दा आपूर्ति श्रृङ्खला अवरुद्ध भएको छ ।

विश्वको करिब एक-पाँचौँ कच्चा तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यहाँको अवरोधले विश्वभर प्रभाव पारेको हो । यसअघि अप्रिल महिनामा युद्ध केही शान्त हुने सङ्केत देखिँदा बजारमा आशावाद फैलिएको थियो र पेट्रोलको मूल्य केही समयका लागि घटेको पनि थियो । तर द्वन्द्व पुनः तीव्र भएपछि कच्चा तेलको मूल्य फेरि बढ्न थालेको र त्यसको प्रत्यक्ष असर पेट्रोल पम्पसम्म पुगेको हो ।

विश्लेषकले यो अवस्था लामो समयसम्म जारी रहेमा मुद्रास्फीति अझ बढ्ने, ढुवानी लागत महँगिने र विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना हुने चेतावनी दिएका छन् । उपभोक्ताले इन्धन खर्च बढ्दा अन्य वस्तु तथा सेवामा पनि मूल्य वृद्धि अनुभव गर्न सक्ने सम्भावना रहेको बताइएको छ । रासस/एपी 




भर्खरै