२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौँ स्कुल पार्टनरसिप’ कार्यक्रम सुरु गर्दैै कामपा



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बीचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदानप्रदान गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

शिक्षा विभागले सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत शिक्षक र महिला शिक्षकका लागि आयोजना गरेको ‘विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले शैक्षिक सुधारलाई विशेष प्राथमिकता दिइने बताउनुभयो ।

“हामीले शिक्षामा लगानी बढाएका छौँ । यो लगानी दक्ष जनशक्ति निर्माणका लागि हो । प्रतिफल तत्काल नदेखिन सक्छ । तर, प्राप्त उपलब्धि दिगो हुनुपर्छ,” उहाँले भन्नुभयो, “विद्यालयबाट माग भएका विषयप्रति हामी सकारात्मक छौँ । तर सबैभन्दा पहिले, उपलब्ध भौतिक पूर्वाधार, स्रोत, साधन र जनशक्तिको उच्चतम उपयोग भएका सुनिश्चित हुनुपर्छ ।”

आइतबार विद्यालय छुट्टी विषयमा अन्योल नहुन विद्यालयहरूलाई आग्रह गर्दै उहाँले पाठयक्रम पूरा हुने र थालिएका अन्य क्रियाकलाप पनि नियमित सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान दिइने बताउनुभयो ।

शिक्षकहरूबाट कामपाले गरेको अपेक्षाका विषयमा कुरा गर्दै शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, “आफ्ना नानीबाबुलाई अध्ययन गराउने सकिने स्तरको विद्यालय बनाइदिनु पर्छ भन्ने हो । आफूले अध्यापन गराउने विद्यालयको स्तरमा चित्त नबुझेर छोराछोरी संस्थागत स्कुलमा पठाउनु नपरोस् । हाम्रो अपेक्षा यति हो ।”

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले परिवर्तित सन्दर्भमा शिक्षा प्रणालीको अभ्यासका विषयमा धारणा राख्दै कामपाले अघि सारेका कार्यक्रमले सामुदायिक शिक्षाको गुणस्तरमा सुधार हुँदै गएको अनुभूति भएको बताउनुभयो । सूचना प्रविधिमा आधारित, प्रयोगात्मक र व्यावहारिक शिक्षाबाट नै दक्ष जनशक्ति उत्पादन गर्न सकिनेमा उहाँको विश्वास छ ।

विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल र सरस्वती निकेतन माध्यमिक विद्यालय, ओन्देका प्रधानाध्यापक रविना महर्जनले कामपाले  विद्यालय शिक्षामा लगानी बढाएसँगै विद्यालयमा विद्यार्थी खुसी भएर पढ्न थालेको, प्रविधिमा आधारित सिकाइमा वृद्धि भएको, प्राविधिक धारबाट समयसापेक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।   रासस




न्यूजपोलारबाट थप समाचार
भर्खरै