११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

अब भक्तपुरवासीको घरघरमै राहदानी पुर्‍याइने

अब भक्तपुरवासीको घरघरमै राहदानी पुर्‍याइने
अ अ+ अ-

भक्तपुर। जिल्ला हुलाक कार्यालयले अब जनताको घरदैलोमै राहदानी अर्थात् पासपोर्ट पुर्‍याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता साम्बाले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो ।

भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइने भएको छ ।

प्रजिअ ढकालले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत ‘जनताको घरदैलो सेवा’ अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

आज सम्झौता भएसँगै यो सेवा कार्यान्वयनमा आएको बताउँदै प्रजिअ ढकालले सेवाग्राहीको राहदानी हुलाकका कर्मचारीमार्फत सुरक्षित रूपमा घरघरमा पुर्याइने बताउनुभयो ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको बताउँदै बुधबारदेखि हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको घरदैलो सेवा स्वेच्छिक हो, जिल्ला प्रशासन कार्यालयमा लिन जान चाहनेले त्यही फाराम भर्नु पर्नेछ, हुलाकबाट लिन चाहनेले थप एउटा फाराम भर्नु पर्नेछ, घरघरमा पुर्‍याउनका लागि भने हुलाक ऐनअनुसार दस्तुर भने तिर्नुपर्नेछ ।”

राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको नाम, ठेगाना, सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाइने र त्यसको एकसाताभित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने उहाँले जानकारी दिनुभयो । नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुरबापत रु ५५ शुल्क भने सेवाग्राहीले आफैँ व्यहोर्नुपर्ने उहाँले जानकारी दिनुभयो । रासस