३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाकुको गोलमा इन्टरको सहज जित



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा टोरीनोलाई ३–० गोल अन्तरले पराजित गर्दै इन्टरले जित निकालेको हो । घरेलु टिमविरुद्ध जित दिलाउनका लागि इन्टरका लाउटरो मार्टिनेज, स्टेफान डी भ्रीज र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।

मार्टिनेजले खेलको १२ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा स्टेफानले इन्टरको अग्रता २–० को बनाए । त्यसपछि पुनः खेलको ५२ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाउन सफल रहे ।

जितसँगै दोस्रो स्थानको इन्टरले १३ खेलमा ३४ अंक जोडेको छ । युभेन्ट्सविरुद्ध दबाब बढाएको छ । शीर्ष स्थानको युभेन्ट्सको ३५ अंक रहेको छ । पराजित टोरीनो १४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।