२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा रक्सी खाने एक वर्ष जेल



अ+ अ-

सप्तरी । मादकपदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ । बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको हो ।

कैद सजायका साथै अदालतले रु १० हजार जरिवाना गरेको छ । छिन्नमस्ता गाउँपालिकामा टाइगर वियर र गोल्डेन ओके नामक रक्सी सेवन गरी हो–हल्ला गर्दै पैदल भारततर्फ गइरहेका मण्डलको शरीर जाँच गर्दा उनको कम्मरमा बाँधेको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

उनीसँगै मादकपदार्थ खाने डगमारा ग्रामपञ्चायत १३ कुनौली थाना सोनापुर बस्ने ३० वर्षीय श्रवणकुमार साह भने फरार रहेका छन् । छिन्नमस्ता–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नजिकैबाट सशस्त्र प्रहरीले गत चैत २२ गते मण्डललाई पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलाशले मण्डल वैशाख १६ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।