१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सिरी ‘ए’ मा युभेन्ट्स शीर्ष स्थानमा कायम



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा सासोउलोसँग २–२ गोलको बराबरीमा युभेन्ट्स रोकिन परेको हो । लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा जेरीमी बोगाले गोल गर्दै सासोउलोलाई १–१ गोलको बराबरीमा फर्काए ।

४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गर्दै सासोउलोलाई २–१ को अग्रता दिलाए । तर, खेलको ६८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाउन सफल रहे ।

यो बराबरीसँगै युभेन्ट्सले १४ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । सासोउलो १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।