७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकः २७ हजार बढी लाभान्वित

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकः २७ हजार बढी लाभान्वित
अ+ अ-

कैलाली। धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार ८३९ बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्ममा २७ हजार ८३९ बिरामी प्रत्यक्ष लाभान्वित भएका हुन् ।  ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रमबाट सो अवधिमा २० हजार ८७५ महिला र छ हजार ९६४ जना पुरुषले निःशुल्क विशेषज्ञ सेवा लिएका  कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको हो । सो अवधिमा १६ हजार ९०० जनाले जनरल फिजिसियनबाट, तीन हजार ७१५ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र सात हजार २२४ जनाले आँखारोगसम्बन्धी सेवा लिएका छन् ।

उहाँका अनुसार क्लिनिकमा १८ हजार १६ जनाले प्रयोगशाला सेवा, तीन हजार ८७ जनाले इसिजी सेवा, तीन हजार ४९८ गर्भवतीले सेवा लिएकामा एक हजार ३०६ जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन् । यस्तै ७० वर्षभन्दा माथिका छ हजार ४६२ जनाले सेवा लिएका छन् ।

विसं २०७९ को साउनबाट सुरु गरिएको सो कार्यक्रम हरेक महिना १९ वटै वडामा सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । आव २०८१÷८२ मा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुष गरी ४४ हजार ४५१ जनाले सेवा लिएका उपमहानगरपालिकाले जनाएको छ । रासस