१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराँतेबाट नविनले नेपाललाई दिलाए स्वर्ण, नेपाललाई अहिलेसम्म १९ वटा स्वर्ण



अ+ अ-

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १९ औँ स्वर्ण पदक नविन रसाइलीले दिलाएका छन् । कराँतेको कुमुतेमा ६७ केजी तौल समूहमा रासाइलीले स्वर्ण दिलाएका हुन् ।

आज सम्पन्न फाइनलमा नेपालका नविन रसाइलीले पाकिस्तानका अहमद नासिरलाई ८–६ को अन्तरले पराजित गर्दै जित हाँसिल गरेका हुन् ।

नेपालले मङ्गलबार उसु र दुवथोलनमा गरी थप तीन स्वर्ण जितिसकेको छ ।